यो कुराकानी हेर्नुस् । | |
---|---|
Gopal: | Oi Maria. Como vai? ओइ मारिआ, कोमो भाइ ? मारिआ, कस्तो चल्दैछ ? |
Maria: | Oi querido. Tudo ótimo, e tu? ओइ केरिदो, तुदु ओतिमु, इ तु ? ओ प्रिय, सबै गज्जब छ, अनि तिम्रो नि ? |
Gopal: | Andando. Posso te fazer uma pergunta? आन्दान्दु । पोसु ते फजेर उमा पेर्गुन्ता ? चल्दैछ । के म तिमीलाई एउटा प्रश्न सोध्न सक्छु ? |
Maria: | Claro que sim, diga. क्लारो के सिँ, दिगा । अवश्य पनि, सोध । |
Gopal: | Pode me dar o teu número do telefone? पोद मि दार उ तेउ नयूमेरो दु तेलेफोन । के तिमी मलाई तिम्रो टेलिफोन नम्बर दिन सक्छौ ? |
Maria: | Sem dubidha. O meu número é 92......... सेइँ दुविधा । उ मेउ न्युमेरो ए ९२........ कुनै शंकै छैन । मेरो टेलिफोन नम्बर ९२.... हो । |
Gopal: | Muito obrigado. मुइतो ओब्रिगादु । धेरै धेरै धन्यबाद । |
Maria: | De nada. Quantos anos tu tens? दे नादा । क्वान्तुस आनोस् त ताइँस् ? केहि छैन । तिमी कति वर्षको भयौ ? |
Gopal: | Eu tenho 25 anos. E tu? एउ त्याँन्यो भिन्त् इ सिन्कु आनोस् । इ तु ? म २५ वर्षको भएँ । अनि तिमी ? |
Maria: | Tu és mais novo que eu. Que achas? तु एस् माइस नोभ् के एउ । के आसास् ? तिमी म भन्दा सानो छौ । के लाग्छ ? |
Gopal: | Acho que não, diga ? आसो के नाओ, दिगा ? मलाई त त्यस्तो लाग्दैन, भन न ? |
Maria: | Eu tenho 28 anos. Onde moras? एउ त्याँन्यो भिन्त इ आइतु आनुस् । ओन्द् मोरास् ? म अठ्ठाइस वर्षकि भएँ । कता बस्छौ नि ? |
Gopal: | Moro em Lisboa. मोरो आइँ लिस्बोआ । म लिस्बनमा बस्छु । |
Maria: | Eu sei. Qual é o tua morada? एउ सेइ । क्वाल ए उ तुआ मुरादा ? मलाई थाहा छ । तिम्रो ठेगाना के हो ? |
Gopal: | Rua Jacinto nunes, Nº 14. Teu endereço? रुआ जासिन्तु नुनेस, न्यूमेरो कातोर्ज । तेउ एन्द्रेसाउँ ? रुआ जासिन्तु नुनेस, १४ नम्बर । तिम्रो ठेगाना ? |
Maria: | O meu endereço é Rua Penha de França. Mas, não vou dizer o número de porta. उ मेउ एन्द्रेसो ए रुवा पेन्या द्अ फ्रान्सा । मास, नाओ भोउ दिजेर उ न्यूमेरो द्अ पोर्ता । मेरो ठेगाना रुवा पेन्या द्अ फ्रान्सा हो । र, मेरो घर नम्बर भन्दैन । |
Gopal: | Não faz mal. Tenho que ir agora. Eu te ligo amanhã. नाओ फाज माल । त्याँन्यो क्अ इर अगोरा । एउ ते लिगो अमान्या । केहि छैन । अहिले लाइ म लाग्छु । भोली तिमीलाई फोन गर्छु । |
Maria: | Tá bom. Tchau ! ता बोँ । चाउ । ठिक छ । टाटा । |
Gopal: | Fica bem. Até proxima. फिका बाइँ । आते प्रोसिमा । राम्ररी बस्नु । फेरि भेटौंला । |
Maria: | Tá bom. Tchau ! ता बोँ । चाउ । ठिक छ । टाटा । |
पोर्तुगीज भाषमा प्रमुख क्रियापदहरु चार प्रकारका हुन्छन् । एक अनियमित क्रियापद, र तीन नियमित क्रियापदहरु जुन AR, ER र IR मा टुंगीन्छन् । करिब ९९ प्रतिशत भन्दा बढी क्रियापदहरु नियमित तर्फका हुन्छन् र यीनीहरुको सर्वनाम अर्थात म, तिमी, तपाई, उनी, उनीहरु, हामीहरु संगको प्रयोगको एउटा निश्चित नियम हुन्छ । यसर्थ क्रियापदहरुको प्रयोगको जानकारिले पोर्तुगीज भाषा बोल्न र बुझ्न निकै सहज हुन्छ ।
यहाँ AR मा टुंगीने क्रियापदहरुको सामान्य वर्तमानमा गरिने प्रयोगका बारेमा चर्चा गरिनेछ । एक पल्ट यसको प्रयोगको बारेमा बुझेमा AR मा टुंगिने सैयौं क्रियापदहरुको प्रयोगको बारेमा ज्ञान हुनेछ ।
पोर्तुगीज भाषामा Tu र Você दुबैले तिमी या तपाई भन्ने नै बुझाउँछ । नेपाली भाषामा जस्तो तिमी र तपाई पोर्तुगीज भाषामा हुँदैन । तर, हामीहरु धेरैलाई लाग्दछ कि Tu भनेको तँ हो । तर, त्यसो होइन । अनौपचारिक रुपमा बोलिँदा Tu को प्रयोग गर्ने गरिन्छ भने औपचारिक रुपमा बोल्दा या लेख्दा Você को प्रयोग गर्ने गरिन्छ । यद्यपि ब्राजिलियन पोर्तुगीज भाषामा Tu को प्रयोग निकै कम हुन्छ भने युरोपियन पोर्तुगीज भाषामा सामान्यतया Tu को नै प्रयोग गरिन्छ ।
पोर्तुगीज | नेपाली | नोट |
---|---|---|
Eu | म | |
Tu | तिमी / तपाईँ / हजुर | सामान्य बोलीचालीमा (अनौपचारिक वा परिवार तथा नजिकको सम्बन्धमा) |
Você | तिमी / तपाईँ / हजुर | औपचारिक तथा धेरै नजिक नभएकाहरु संग |
Ele / Ela | उ, उहाँ / उनी, तिनी | |
Vocês | तिमीहरु / तपाईँहरु / हजुरहरु | पुलिङ्ग / स्त्रीलिङ्ग |
Eles/Elas | उनीहरु / उहाँहरु / तिनीहरु | पुलिङ्ग / स्त्रीलिङ्ग |
Nós | हामीहरु |