Ola साथी

युरोपियन पोर्तुगीज भाषा नेपाली माध्यमबाट

Start Study

अध्ययन शुरु गर्नुहोस्
    ❱❱
ola_saathi_learn_portuguese_in_nepali

नेपालीभाषीहरुका लागि पोर्तुगीज भाषा सिक्नका लागि पाठहरु


ओला साथी नेपाली भाषीहरुकालागि युरोपेली पोर्तुगीज भाषा सिक्न तयार गरिएको अनलाइन पाठ्यसामाग्री हो । पोर्तुगीज भाषा खास गरि युरोपेली र ब्राजिलियन गरि दुई प्रकारमा रहे पनि उच्चारण र शब्द छनोटमा अलिकति मात्र फरक हुने हुँदा ब्राजिलियन पोर्तुगीज भाषा सिक्नकालागि पनि उत्तिकै उपयोगी छ । तपाईँ पोर्तुगल जाँद हुनुहुन्छ, पोर्तुगलमा आफन्तीहरु छन् भने पोर्तुगी भाषा केहि दिनकै सिक्नका लागि यो पाठ्य सामाग्री तयार गरिएको छ । 

 

ओला साथीमा बिभिन्न खण्डहरु छन्, जस्मा मुख्य अध्ययन सामाग्री, कुराकानीहरु, वाक्यहरु, वाक्यांशहरु, शब्दावलीहरु, क्विजहरु, सुनेर अभ्यास गर्ने, पढ्ने अभ्यास सामाग्रीहरु प्रत्येक पाठमा राखिएको छ । चाहे तपाईँ एक शुरुवाती अवस्थामा हुनुहुन्छ वा तपाई आफ्नो पोर्तुगीज भाषा परिस्कृत गर्न खोज्दै हुनुहुन्छ भने पनि यो पाठले तपाईँलाई एक रमाई र प्रभावकारी पढ्ने अनुभव प्रदान गर्नेछ । 

 

यो पाठ्यसामाग्रीमा कुल २० पाठहरु समाविष्ट हुनेछन्, जस्लाई हामी क्रमशः राख्दै जानेछौं । हरेक पाठमा फ्ल्यासकार्डहरु, वाक्यहरु, शब्दावलीहरु, अडियो, भिडियो, क्त्रिजका साथै पढ्ने मुख्य सामाग्री रहेको छन् । 

 

तपाईंको पोर्तुगीज अध्ययनको यात्रा शुभ रहोस् ।