५० नियमित AR पोर्तुगीज भर्व र सामान्य वर्तमान कालमा तिनीहरुको प्रयोग
यहाँ AR मा टुंगीने क्रियापदहरुको सामान्य वर्तमानमा गरिने प्रयोगका बारेमा चर्चा गरिनेछ । एक पल्ट यसको प्रयोगको बारेमा बुझेमा AR मा टुंगिने सैयौं क्रियापदहरुको प्रयोगको बारेमा ज्ञान हुनेछ ।
उदाहरण हेरौं
क्रियापद FALAR (बोल्नु) यसलाई सामान्य वर्तमान कालका रुपमा प्रयो गर्न सबै भन्दा पहिले पछाडीको AR लाई निकाल्नुहोस् । अब बाँकी रहन्छ FAL । अब यदि यो भर्वलाई म सर्वनामसंग प्रयोग गर्नुछ भने बाँकीरहेकोमा o थप्नुस् ।Eu Falo - म बोल्छु ।
अब बाँकी सर्वनामहरुसंग यसको प्रयोग हेरौं ।
प्रमुख क्रियापद FALAR बाट यदी हामीले अन्तिमको AR , हटाउँछौं भने बाँकि रहन्छ FAL. .अब त्यो बाँकी रहेको FAL बाट हामीले कसरी सर्वनाममा त्यसको प्रयोग गर्दछौं । तल हेर्नुहोस् ।
Eu falo. ( o थप्नुहोस् ) म बोल्छु ।
Tu falas. ( as थप्नुहोस् ) तिमी बोल्छौ । (अनौपचारिक)
Você fala. ( a थप्नुहोस् ) तपाईँ बोल्नुहुन्छ । (औपचारिक)
Ele/Ela fala. ( a थप्नुहोस् ) उनी बोल्छिन् / बोल्छन् ।
Eles/Elas falam. ( am थप्नुहोस् ) उनीहरु बोल्छन् ।
Nós falamos ( amos थप्नुहोस् ) हामीहरु बोल्छौं ।
पोर्तुगीज भाषामा Tu र Você दुबैले तिमी या तपाई भन्ने नै बुझाउँछ । नेपाली भाषामा जस्तो तिमी र तपाई पोर्तुगीज भाषामा हुँदैन । तर, हामीहरु धेरैलाई लाग्दछ कि Tu भनेको तँ हो । तर, त्यसो होइन । अनौपचारिक रुपमा बोलिँदा Tu को प्रयोग गर्ने गरिन्छ भने औपचारिक रुपमा बोल्दा या लेख्दा Você को प्रयोग गर्ने गरिन्छ । यद्यपि ब्राजिलियन पोर्तुगीज भाषामा Tu को प्रयोग निकै कम हुन्छ भने युरोपियन पोर्तुगीज भाषामा सामान्यतया Tu को नै प्रयोग गरिन्छ ।
हामीहरुले पोर्तुगलमा अनुभव गरेको कुरा हो । त्यहाँका स्थानियहरु हामी संग Tu को प्रयोग गर्दा पनि धेरै जसो हामी भने Você कै प्रयोग गर्दछौं । हामीलाई लाग्छ Tu को अर्थ तँ हो । तर, त्यसो होइन । उनीहरुको घरमा जानु भयो भने उनीहरु आफ्ना अग्रजहरुलाई पनि Tu नै प्रयोग गर्दछन् । यसर्थ पोर्तुगलमा रहँदा सामान्य बोलीचालीमा Tu प्रयोग गर्नु नै उपयुक्त हुन्छ । कार्यालयहरुमा या औपचारिक कार्यक्रमहरुमा Você प्रयोग गर्दा उत्तम हुन्छ ।
अब अर्को एउटा क्रियापदको प्रयोग तरिका हेरौं ।
आधार क्रियापद TentarEu tento. ( o थप्नुहोस् ) म प्रयास गर्छु ।
Tu tentas. ( as थप्नुहोस् ) तिमी प्रयास गछौं । (अनौपचारिक)
Você tenta. ( a थप्नुहोस् ) तपाईँ प्रयास गर्नुहुन्छ । (औपचारिक)
Ele/Ela tenta. ( a थप्नुहोस् ) उनी प्रयास गर्छिन् / गर्छन्।
Eles/Elas tentam. ( am थप्नुहोस् ) उनीहरु प्रयास गर्छन् ।
Nós tentamos ( amos थप्नुहोस् ) हामीहरु प्रयास गर्छौं ।